अभियानको समन्वय सचिवालय

काठमाडौँ, नेपाल

तपाईंका केही जिज्ञासा छन ?

+९७७-९८५११०३८३६

‘नेपालका लागि नेपाल’ अभियानले पाँच मुद्दा अगाडि सारेको छ, जसमा भ्रष्टाचार पहिलो नम्बरमा छ ।
राजनीतिक नेतृत्वले सत्ता र शक्तिको दुरुपयोग गरेको तर, अख्तियार मात्र होइन, अदालतसमेत भ्रष्टाचारको मुद्दामा नरम भएको ठहर गर्दै अभियानले नागरिक आयोगमार्फत उच्च तहमा पुगेकाहरुको छानविन गर्ने बताएको छ । आयोग निर्माण गर्नुअघि देशभर आन्दोलन गरेर यसको माग उत्पन्न गराउने उनीहरु बताउँछन् ।
आयोगमा ‘समाजले पत्याएका’ व्यक्तिहरु हुन्छन्, जसले राजनीतिक नेतृत्व, उच्च पदमा पुगेकाहरु, न्यायाधीश लगायतलाई सम्पत्तिको स्रोत खुलाउन आहृवान गर्नेछ । अनि
त्यसमाथि छानविन गर्छ र दोषी देखिएकालाई कारबाही गर्न सरकारलाई आग्रह गर्छ ।
त्यसो त सरकारले आयोगलाई स्वीकार नगर्न पनि सक्ने अभियान्ता डा. भण्डारी स्वीकार गर्छन् । उनले भने, ‘सरकारले स्वीकार गरेन भने त्यस्ता व्यक्तिहरुलाई चुनावमा हराउन नागरिकलाई आहृवान गर्छौं ।’

“नेपालका लागि नेपाली” अभियानमा जुटौं ।