नेपालकालागि नेपाली बिकल्प होइन बरु नेपाली मौलिकताको राजनैतिक मूलधार हो ।  अब मुलुकको राजनीतिलाई मार्ग निर्देश गर्ने र राज्यको बागडोर सम्हाली शुसासन प्रत्याभूति गर्ने काम नेपालकालागि नेपालीले गर्ने छ ।
नेपालकालागि नेपालीले असफल भएको आजको राजनीतिलाई रुपान्तरण गरी सफल बनाउने छ । राजनीतिलाई पेशा र ब्यबशाय बन्न नदिने र राजनीतिलाई शुद्धिकरण गरी राजनीतिप्रति युवाहरुमा आशा जगाई राजनीतिलाई  मुलुक र नागरिकको समृधिको  संयन्त्र बनाउने छ ।
  • पंचायतकाल देखि आज सम्म सत्तामा बसेका राजनीतिज्ञ र उच्च तहका कर्मचारीहरुको सम्पतिको छानबिन गरी दोषीलाई कानून बमोजिम कडा सजाय गरी घुष खाएर, भ्रष्टचार गरेर, वा राज्य संयत्रको दुरुपयोग गरेर कमाएको सम्पति जफत गरी गरिबी निवारण, युबाहरुको रोजगारी एंब शिक्षा र स्वास्थ्यमा लगाउन एक शक्तिशाली र निष्पक्ष नागरिक आयोग स्थापना गर्ने ।
  • प्रधानमन्त्री, प्रधान न्यायाधिश र सभामुख जस्ता राज्यका तीन प्रमुख अंगका प्रमुखहरुलाई कानूनको शाशन प्रति उत्तरदायी बनाउन नागरिकको स्वतन्त्र आयोग (People’s Independent Commission) को व्यवस्था गरी उत्तरदायी बनाउने । यस किसिमको अधिकार राष्ट्रिय सभालाई प्रदान गरी राष्ट्रिय सभालाई अधिकार सम्पन्न बनाइने छ ।
  • निर्बाचन प्रणालीमा निम्न बमोजिम सुधार गरी लोकतन्त्रलाई (नागरिकतन्त्र) मजबुत बनाउनेः
    • प्रत्यक्ष निर्बाचित प्रधानमन्त्रीको व्यवस्था कायम गर्ने ।
    • सांसद मन्त्री बन्न नपाउने व्यवस्था कायम गर्ने ।
    • बिदेशमा बस्ने नेपाली नागरिक समेतले मतदान गर्न पाउने व्यवस्था कायम गर्ने ।
    • निर्बाचन प्रचार प्रसारमा आमुल परिबर्तन गरी पैसा, गुण्डा, छलकपट, र मतदाता किनेर निर्बाचन जित्ने प्रणालीको अन्त्य गर्ने ।
    • सानो, छरितो र मितब्ययी अर्थात् प्रधानमन्त्रि सहित ११ जनाको मन्त्रीमंडल बनाउने ।
    • सांसद संख्या ११५ सम्म मात्रै कायम गर्ने ।
    • स्थानीय तहको निर्बाचन दलिय आधारमा नभएर व्यक्तित्वका आधारमा गर्ने ।
    • मुलुकमा आम निर्बाचन घोषणा भएको अवस्थामा गृह प्रशाशन लगायतका निर्बाचनमा असर पार्न सक्ने एंब सरोकार राख्ने सबै मन्त्रालय र निकायले निर्बाचन आयोगको निर्देशन पालना गरी कार्य गर्ने ब्यबस्था कायम गर्ने ।
    • श्री सर्बोच्च अदालत समेतले निर्णय गरी सकेको अवस्थामा निर्बाचनमा मत दिन्न भन्ने व्यवस्था राखिनु पर्ने ।
  • नेपाललाई ॐकार परिवार (वैदिक, वौद्ध, किराँत, शिख, जैन) सहितको नेपालमा बसोबास गर्ने सबै धार्मिक समुदायको सहअस्तित्व रहने गरी सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र बनाउने।
  • धार्मिक, सांस्कृतिक र वाताबरणिय पर्यटनको बिकाश गरि रोजगारी सिर्जना गर्ने ।
  • संघियताको बिकल्प खोजि मुलुकलाई स्थानीय र केन्द्रिय गरी दुई तहको सरकारका संरचनामा लैजाने र स्थानीय सरकारलाई शक्तिशाली बनाउने ।
  • राष्ट्रिय एकताको प्रतीकको रुपमा संबिधान र संसदको अधिनमा रहने लोकतन्त्र सहितको आधुनिक राजसंस्था स्थापना गर्ने ।
  • शिक्षा र स्वास्थ्यलाई निशुल्क, गुणस्तरीय र सर्बसुलभ बनाई मानब श्रम र साधनको बिकाश मार्फत मुलुकलाई समृद्ध बनाउने ।
  • सस्तो ब्याजदरमा सहज रुपमा युबाहरुलाई ऋण उपलब्ध गराई, तालिम दिई, समुदाय स्तरमा कम्पनि समेत खोल्न मद्धत गरी लगानी र रोजगारीको वातारण सिर्जना गर्ने ।
  • राज्य र राज्यका निकायमा भएको दलियकरण र सबै किसिमका भेदभाब अन्त्य गर्न क्षमता, दक्षता, निष्पक्षता र योग्यताका आधारमा पुर्ननियुक्ति गर्ने ।
  • नेपालकालागि नेपालीले न्यायपालिकामा आमुल सुधार गरी न्याय मार्ने सम्पूर्ण कार्य बन्द गरी न्यायको प्रत्याभूति गर्ने छ ।
  •  नेपालकालागि नेपालीले समाजमा भएका सबै खाले विभेद, अन्याय, अत्याचार र शोषण अन्त्य गरी सामाजिक न्याय शुनिश्चित गर्ने छ ।
  • यूबाहरुलाई मुलुकमा नै लगानी र रोजगारीको अवस्था सिर्जना गर्ने ।
  • गरिबीको अन्त्य गर्ने ।
  • नेपाललाई न्यून आय भएको राज्य बाट १० बर्ष भित्र कम्तिमा मध्यम आय भएको मुलुकमा रुपान्तरण गरी बिश्व स्तरमा नेपालको छबि उच्च कायम गर्ने ।

समग्रतामा निम्न समस्याहरुको समाधान गर्नु हाम्रो जिम्मेवारी हो :

  • भ्रष्टाचारको अन्त्य,
  • राष्ट्रियताको जर्गेना,
  • राजनैतिक शुद्धिकरण,
  • न्यायपालिकाको सुधार, र
  • सामाजिक न्याय ।

“नेपालका लागि नेपाली” अभियानमा जुटौं ।