मिति २०७५/६/१२ गते सार्बजनिक रुपमा रत्नपार्कमा लगभग ५० जना व्यक्तिहरु भेला भई नेपालकालागि नेपाली अभियान सुभारम्भ गरिएको थियो। भ्रष्टचारको अन्त्य, राष्ट्रियताको संरक्षण, राजनैतिक शुद्धिकरण, न्यायापलिकामा आमुल सुधार, र सामाजिक न्यायको प्रत्याभूति जस्ता ५ वटा मुख्य मुद्धाहरु लिएर शुरु गरिएको यो अभियान लगभग १८ महिनाको अबधिमा पूर्ब मेची देखि पश्मिम महाकाली सम्म फैलिएको थियो।  काठमाडौँ, झापा, ईटहरी, जनकपुर, नारायणघाट, पोखरा, सुर्खेत, नेपालगंज लगायत मुलुका बिभिन्न स्थानमा गरिएका बिशाल नागरिक सभामा हज्जारौं नागरिकहरुको जुन सहभिगता, साथ र उत्त्साहा देखिएको थियो त्यसले मुलुकभरी नै हाम्रा मुद्धाहरु स्थापित गर्न ठूलो मद्धत पुर्याएको थियो।
कोविड लगायत अन्य केहि कारणले नेपालकालागि नेपाली अभियान केहि समय सुस्ताएको थियो। यस अभियानलाई बिभिन्न साझिसपूर्ण तवरले टुट फुट गराउने समेत कार्यहरु भए । यी सबै रोह, अबरोहका बाबजुद नेपालकालागि नेपाली अभियान निरन्तर रुपमा अघि बढी रह्यो। यसले छोटो समयमा नै धेरै पाठहरु सिक्ने मौका पनि पायो।
अन्तत, लगभग ३ बर्षको अभियान सञ्चालनको अनुभब पश्चात नेपालकालागि नेपाली अभियानलाई राजनैतिक दलमा (पार्टीमा) रुपान्तरण गरिएको छ । केहि समय अघि देखि नेपालकालागि नेपाली पार्टी दर्ताको प्रक्रिया शुरु गरिएको भएता पनि यसको केन्द्रिय समितिको निर्माण सहित मिति २०७८/२/७ गते यसले पूर्णता पाएको छ।  नेपालकालागि नेपाली अभियानलाई राजनैतिक दलको रुपमा रुपान्तरण गर्नु पर्ने आवश्यकता र कारणहरु निम्न बमोजिम रहेका छन ।

  1. अभियानले केहि हद सम्म दबाब सिर्जना गर्ने भए पनि राजनैतिक दलको रुपमा निर्बाचनमा भाग लिई भ्रष्टचार, लूटतन्त्र र बेथितिलाई संस्थागत गरी मुलुक र नागरिकलाई दोहन गर्ने दल र यिनका नेताहरुलाई परास्त गर्न नसकिने अनुभब सहित निर्बाचन र आन्दोलन दुवै माध्यम बाट मुलुक र नागरिकलाई दोहन गर्ने शक्ति वा समूहलाई परास्त गर्न आवश्यक ठानी राजनैतिक दलमा रुपान्तरण गरिएको हो।
  2. राज्यको बागडोर सम्हालेका दल र नेताहरु पूर्ण रुपमा असफल भएको हुँदा हामि बिभिन्न पेशा र ब्यबशायमा संलग्न व्यक्तिहरुले मुलुकका यावत समस्याहरु समाधान गरी मुलुक बचाउने र समृद्ध बनाउने जिम्मेवारी बहन गर्ने अठोठका साथ नेपालकालागि नेपाली पार्टी गठन गरेका हौँ ।
  3. मुलुकको राजनीतिलाई बिदेशी बाद, विचार र सिद्धान्तबाट संचालित र परिचालित गर्ने जुन गलत कार्य दल र नेताहरुले गरे त्यसको परिणाम मुलुक कमजोर बन्यो, नागरिकहरुको जीबनस्तर उठ्न सकेन, दल र नेताहरु विदेश मुखी बने, राष्ट्रियता कमजोर बन्यो, हाम्रो धर्म परम्परा र सभ्यता माथि धावा बोल्ने काम भयो तर नेता र कार्यकर्ता भने अकुत सम्पतिका मालिक बने । त्यसैले यस दुस्चक्रको अन्त्य गर्न नेपालकालागि नेपाली अभियानलाई राजनैतिक दलमा रुपान्तरण गरिएको हो।
  4. नेपालमा भएका र सत्तामा पुगेका प्रयास दलहरु बिदेशी विचार र बादबाट मात्रै संचालित छैनन् बरु दलको जन्म नै विदेशमा भएको छ। मुलुको सार्बभौमसत्ता, अखण्डता र राजनैतिक स्वाधीनता बचाउनु पर्ने जिम्मेवारी भएका दलहरु बिदेशमा स्थापित भएकाले मुलुकको राजनीतिमा बिदेशीको नाङ्गो हस्तक्षेप हुन् पुगेको तथ्यलाई हृदयंगम गरेर मौलिक राजनैतिक चिन्तन, नेपाली पना र पहिचान, नेपाली ईतिहास तथा बिरताको गाथामा आधारित राजनैतिक दलले मात्रै मुलुकको हित गर्न सक्ने भएको हुँदा नेपालकालागि नेपाली पार्टी गठन गरिएको हो।
  5. मुलुकको बागडोर सम्हालेका ठूला राजनैतिक दल र नेताहरुको क्रियाकलापले एकातिर मुलुकमा राजनीति नै असफल भएको अवस्था छ भने अर्कोतिर यूवाहरुको राजनीति प्रति चरम बितृष्णा सिर्जना भएको छ। शिक्षित, पेशागत रुपमा दक्ष र यूबाहरु राजनीति प्रति उदाशीन हुने हो भने गलत मानिसको हातमा राजनीति पर्ने र राजनीतिले गलत बाटो लिने प्रस्ट भएको हुँदा राजनीतिलाई स्वस्थ र स्वच्छ बनाई शिक्षित, पेशागत रुपमा दक्ष र यूबाहरुलाई राजनीतिमा आकर्षित गरी मुलुक र नेपालीको भबिष्य शुनिश्चित गर्न जरुरि भएको हुँदा नेपालकालागि नेपालीलाई राजनैतिक दलमा रुपान्तरण गरिएको हो।
  6. नेपाल देब भूमि, ऋषि मुनिहरुको तपोभूमि, बुद्ध लगायतका बिभुतीहरुको जन्म भूमि र ज्ञान भूमिको नामले प्रशिद्ध छ। तर यस्तो पबित्र भूमिलाई द्वन्ध, हिंशा र अशान्तिमा रुपान्तरण गरिएको हुँदा धर्म, मानबता र नेपाली सभ्यता एब संस्कृति रक्षा गर्न मौलिक राजनैतिक पार्टी आवश्यक भएको हुँदा नेपालकालागि नेपालीलाई राजनैतिक दलमा रुपान्तरण गरिएको हो।
  7. जुन विचारले आधुनिक नेपालको एकीकरण गर्यो, जुन विचार र शाहसले मुलुकलाई कहिल्यै पराधीन बन्न दिएन र सार्बभौम बनायो त्यहि विचार अर्थात् प्र्थ्वीनारायण शाहले स्थापित गरेको विचारलाई आत्मसात नगरी अब मुलुक बन्न र बच्न नसक्ने देखिएको हुँदा पृथ्वी पथका (नेपाल बाद) आधारमा मुलुक बचाउने र बनाउने दृढताका साथ् नेपालकालागि नेपालीलाई राजनैतिक दल बनाइएको हो।

 

“नेपालका लागि नेपाली” अभियानमा जुटौं ।